0Shares

काठमाडौं, असोज ११ –

विराटनगरमा ल्याण्डिङ् हुन नसक्दा पुनः काठमाडौं फर्किएको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण भएको छ ।

ल्याण्डिङ् गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौंतर्फ फर्किएको थियो । केही समय काठमाडौंको आँकाशमा होल्ड भएको जहाजले सुरक्षित अवतरण गरेको हो ।

जहाजले काठमाडौंको आकाशमा  झन्डै १० फन्का लगाएको थियो ।

अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा आधा दर्जन बढी दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो । सो जहाजले धावनमार्ग छोएपछि जहाजको दायाँ-बायाँबाट दमकल र एम्बुलेन्स जहाज गएतर्फ गुडेका थिए ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement