0Shares

चितवन, वैशाख १६–

चितवनमा आज विहान थप ७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज कोभिड–१९ परीक्षण प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा चितवनका मात्रै ७० जनामा संक्रमण पुष्टि भएको हो ।

कुल २१४ नमुना परीक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये चितवनका ७० र ३६ जना विभिन्न जिल्लाका व्यक्ति रहेका छन् । संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५८ जना रहेका छन् । यस्तै रत्ननगर नगरपालिकाका ८, खैरहनीका १ र राप्ती नगरपालिकाका ३ जना रहेका छन्।

यसअघि बुधबार नै भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ४७ जनामा संक्रमण पुष्टि भएको थियो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement