0Shares

काठमाडौं, असोज १५ – –

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि भोटेकोशी बाढीबाट सिर्जित परिस्थिति, चाडपर्व तथा उपभोक्ताको हितलाई ध्यानमा राख्दै साविककै मूल्य कायम गरिएको निगमले जनाएको छ।

 

निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट असोज १४ गते प्राप्त नयाँ खरिद मूल्यमा पेट्रोल प्रतिलिटर २० रुपैयाँ ४४ पैसा, डिजेल २० रुपैयाँ २१ पैसा र मट्टितेल १५ रुपैयाँ ९६ पैसा बढेर आएको छ। एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर ८१ रुपैयाँ ३२ पैसा बढेर आएको निगमले जनाएको छ।

नयाँ मूल्यअनुसार पहिलो वर्गमा पेट्रोल तथा डिजेलरमट्टितेल प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम गरिएको छ। आन्तरिक हवाई इन्धन प्रतिलिटर २४९ रुपैयाँ र एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम छ।

मूल्य यथावत् राख्दा निगमलाई आगामी १५ दिनमा करिब ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement