0Shares

 

चितवन, कालिका । कालिका नगरपालिका–जुटपानीस्थित खानेपानीको बुङरे परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। शान्ति सेवा गृह नेपालले उपलब्ध गराएको आँप, लिची, कटहरलगायतका फलफूल तथा अन्य विभिन्न प्रजातिका बिरुवा परिसरमा रोपिएको हो।

लायन्स क्लब अफ चितवन कालिका लेडिज, जुटपानी खानेपानी समिति तथा स्थानीयवासीको सहयोग र सहभागितामा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको हो।
यस्ता वृक्षारोपणले खानेपानीका स्रोत तथा परिसरलाई हराभरा, स्वच्छ र सुन्दर बनाउँदै वातावरण संरक्षणमा योगदान पुर्‍याउने कार्यक्रमका प्रमुख अतिर्थी एवं कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले बताउनु भयो ।


हरियाली प्रवद्र्धनसँगै वातावरण संरक्षण, स्वच्छता र स्वस्थ तथा समृद्ध नगर निर्माणमा अभियानले सहयोग पुग्ने रेग्मीले अपेक्षा गर्नुभयो ।

कार्यक्रममा सहयोग तथा सहभागिता जनाउने शान्ति सेवा गृह नेपाल, लायन्स क्लब अफ चितवन कालिका लेडिज, जुटपानी खानेपानी समिति तथा स्थानीय सहभागीप्रति आयोजकले आभार व्यक्त गरेको छ।

“साझेदारीमा अभियान, सहकार्यमा विकास—हरियाली र समृद्ध कालिका, सुखी कालिकावासी” भन्ने भावनाका साथ अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताइएको छ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement