राहदानी आवेदन फाराम सोमबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह
काठमाडौं, साउन १६ –
राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम आगामी सोमबार ९१८ साउन २०८३० सम्म खुला राखिएको जनाएको छ।
विभागले सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक बिदाका दिन शनिबार र आइतबार समेत आवेदन फाराम खुला रहने जानकारी दिएको हो।
विभागका अनुसार, वैदेशिक रोजगार विभागले साउन १४ गते जारी गरेको सूचनाअनुसार दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत आवेदन दिने म्याद थप गरिएकाले त्यसलाई मध्यनजर गर्दै हालका लागि थप आवेदन फाराम पनि खुला गरिएको हो।
राहदानी विभागले आवेदन दिएका सेवाग्राहीलाई आफूले आवेदन फाराममा उल्लेख गरेको मिति र समयमा नै विभागमा उपस्थित भई राहदानी सेवा लिन अनुरोध गरेको छ। साथै, तोकिएको समयमै उपस्थित भएमा सेवा प्रवाहलाई थप व्यवस्थित र सहज बनाउन सहयोग पुग्ने विभागको विश्वास छ।
सम्बन्धित खवर
-
१६ साउन, काठमाडौं । पाकिस्तानको ...
-
१६ साउन, जनकपुरधाम । सरकारले ...

















