0Shares

२९ असार, काठमाडौं । अनलाइनखबर, हिमालय टीभी र कान्तिपुर मिडिया हाउसका कार्यालयअघि सोमबार बिहान शंकास्पद रुपमा गाडी पार्किङ गरिएको छ । गाडीहरू कार्यालय प्रवेशमा अवरोध गर्ने गरी पार्किङ गरिएको हो ।

एकै समयमा उस्तै तरिकाले पार्किङ गरिएको छ । शंकास्पद तरिकाले पार्किङ गरिएपछि मिडिया हाउसहरूले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि तीनवटै मिडिया हाउसमा प्रहरी आएर गाडीधनीको सोधखोज गरेका छन् । कसले यस्तो गर्‍यो भन्ने अहिलेसम्म प्रहरीले ठोस रुपमा पत्ता लगाएको छैन ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी तथा प्रवक्ता पवन भट्टराईले शंकास्पद गाडीहरूलाई कार्यालयमा ल्याएर छानबिन गर्ने र सत्यतथ्य पत्ता लगाउने बताएका छन् । कसले किन गर्‍यो भन्ने प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

मिडियाहरूको आवतजावतमा अवरोध गर्ने गरी शंकास्पद रूपमा पार्किङ गरिएको घटनाको सरोकारवालाहरूले चासो प्रकट गरेका छन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement