0Shares

काठमाडौं। मंगलवार प्रभुुुुुुु लाईफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। यो दिन प्रतिकित्ता ८४ ले बढेर कम्पनीको अन्तिम शेयरमूल्य ९२४ पुगेको हो। दोस्रो बजारमा १३७ मा खुला भएको कम्पनीको शेयरमूल्य निरन्तर बढेको हो। एक घण्टाको कारोबार अवधिसम्म कम्पनीको ५ हजार ८३६ कित्ता शेयर खरीद आदेश रहेको छ भने १२० कित्ता विक्री आदेश रहेको छ। नियमित सेसनमा पहिलो पटक मंगलवार कम्पनीको शेयर विक्री आदेश देखिएको हो।

नयाँ बीमा कम्पनीको रुपमा २०७४ साल मंसिर २८ गतेदेखि यस कम्पनीले औपचारिक रुपमा कारोबार शुरु गरेको हो। चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म यस कम्पनीले ३ करोड ९ लाख २४ हजार खुद नाफा गरेको छ। यो रकम गत वर्षको यस अवधिमा १ करोड २२ लाख ९४ हजार थियो।

नाफा वृद्धि गर्दै गएको यस कम्पनीले यस वर्षको पहिलो त्रैमाससम्म २५ करोड ९७ लाख ९१ हजार कुल बीमाशुल्क आर्जन गरेको छ भने ६१ लाख ६८ हजार कुल दाबी भुक्तानी गरेको छ। हाल कम्पनीमा १ लाख २० हजार ४६९ बीमालेख कायम रहेको छ। यस वर्षको पहिलो त्रैमासमा मात्र कम्पनीले २२ हजार ५९४ बीमालेख कायम गरेको हो। यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम २३ करोड ९१ लाख ७९ हजार रहेको छ भने जीवन बीमा कोषमा १ अर्ब १९ करोड ४९ लाख ८५ हजार रहेको छ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement