11Shares

नारायणगढ । बालकुमारी उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिलाई पूर्व विद्यार्थीहरुले आईतबार स्वागत, सम्मानसहित बधाई ज्ञापन गरेका छन् ।
पूर्व विद्यार्थीहरुको संगठन बालमाविद् अलम्नाई एसोसियसनको तर्फबाट नवगठित व्यवस्थापन समितिलाई सम्मान गरिएको हो ।
कार्यक्रममा अलम्नाईले रोटरीसँग मिलेर विद्यालयलाई मिदासको शैक्षिक सफ्टवेयरसहित दुईवटा स्मार्ट टिभीसमेत हस्तान्तरण गरेको छ । सरकारी पाठ्यक्रम अनुसार निर्माण गरिएको सो डिभाईसमार्फत विद्यालयमा नर्सरी कक्षामा अध्ययनरत विद्यार्थीलाई आधुनिक तरिकाले अध्ययन गराईनेछ ।
विद्यार्थीहरुका लागि अपनाईएको यो अध्ययन विधि सफल भयो भने सबै तहका लागि ‘स्मार्ट डिभाइस’ उपलव्ध गराईने अलम्नाईका महासचिव सेवन पन्तले जानकारी दिए । डिभाइस उपलव्ध गराउन बालकुमारीका एसएलसी ब्याच २०३९ ले सहयोग गरेका छन् ।


बालकुमारीले यस वर्षमात्रै स्वर्ण महोत्सव मनाएर नयाँ व्यवस्थापन समिति निर्माण गरेको हो ।
स्वागत कार्यक्रममा बोल्दै विद्यालयका सञ्चालक समिति अध्यक्ष बद्रि अधिकारीले विद्यालयको स्रोत साधनलाई शैक्षिक गुणस्तर वृद्धिमा प्रयोग गरिने बताए । विद्यालयलाई सबैले आफ्नो आत्माको रुपमा लिए भने विद्यालय आफै बन्ने अध्यक्ष अधिकारीको भनाई थियो । नयाँ ढंग र नयाँ व्यवस्थापनसँगै पूर्व विद्यार्थीहरुसँग मिलेर पठनपाठनको नयाँ शैली अपनाउने प्रतिवद्धता पनि उनले गरे । अध्यक्ष अधिकारी बालकुमारीका पूर्व विद्यार्थीसमेत हुन् । उनी बालमावद् िभूतपूर्व विद्यार्थी एसोसियसन तदर्थ समिति २०४६ का संयोजक थिए ।
कार्यक्रममा वार्ड नं. २ का वार्डअध्यक्ष पूर्णबहादुर श्रेष्ठ, शिक्षक प्रतिनिधि बाबुहरि आचार्य, शिक्षक अभिभावक संघका नन्दलाल जोशीलगायतले मन्तव्य राखेका थिए ।
बालमाविद् अलम्नाई एसोसियसनका अध्यक्ष बद्रिलाल प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रमेश श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
बद्रि अधिकारीको अध्यक्षतामा गठन गरिएको बालकुमारीको व्यवस्थापन समितिमा हाल वार्ड अध्यक्ष पूर्णबहादुर श्रेष्ठ, लक्ष्मीपति तिवारी, नारायण परियार, सुमित्रा बिक, रीना परियार, दुर्गा पन्त, शिक्षक प्रतिनिधि बाबुहरि आचार्य र सदस्य सचिव प्रधानाध्यापक नारायणबहादुर थापा रहेका छन् । बालकुमारीको स्थापना २०२२ सालमा भएको हो ।

11Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement