0Shares

काठमाडौँ — प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिएका छन् । भोजपुरका ४९ वर्षीय राई आइतबार संखुवासभाकी २३ वर्षीया जाङ्मु शेर्पासँग विवाह बन्धनमा बाँधिएका हुन् ।

काठमाडौंको एक पार्टी प्यालेसमा राईको परम्परागत विवाह भएको हो । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकोले मुख्य मन्त्री राईले थोरै संख्यामा जन्ती लगेका थिए ।

बेहुला र बेहुली परम्परागत भेषभुषामा सजिएका थिए । मुख्यमन्त्री राईको विवाहमा पर्यटनमन्त्री भानुभक्त ढकाललगायतको उपस्थिति थियो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement