10Shares

भक्तपुर । लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको एन आई सी एशिया बैंकले आफ्ना ९३ औं विस्तारित काउण्टर भक्तपुर जिल्लास्थित सूर्यविनायक नगरपालिका कार्यालय परिसरमा शुभारम्भ गरेको छ । उक्त सूर्यविनायक नगरपालिका विस्तारित काउण्टरको समुद्घाटन पूर्वमन्त्री श्री महेश बस्नेतज्यू, सूर्यविनायक नगरपालिकाका मेयर श्री वासुदेव थापाज्यू एवं बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपानेज्यूले संयुक्त रुपमा गर्नुभयो । समुद्घाटन कार्यक्रममा बोल्दै समुद्घाटन समारोहका प्रमुख अतिथि पूर्वमन्त्री श्री महेश बस्नेतज्यूले सूर्यविनायक नगरपालिकाले पेपरलेस प्रविधिलाई प्राथमिकताका साथ राखिरहेको अवस्थाकाबीच एन आई सी एशिया बैंकसँगको साझेदारीले ई–बैंकिङ्गजस्तो महत्वपूर्ण विधाले नगरपालिकाको प्राथमिकतालाई थप सशक्त बनाउन मद्दत पुर्याउने र देशको अर्थतन्त्रलाई सुदृढीकरण गर्नका लागि बैंकिङ्ग प्रणालीको महत्वपूर्ण भूमिका रहेकोमा यस बैंकसँगको साझेदारीले थप सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

समुद्घाटन कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपानेज्यूले सूर्यविनायक नगरपालिकाको सम्पूृर्ण बैंकिङ्ग कारोबारहरू व्यवस्थापन गर्ने जिम्मेवारी पाएकोमा सादर धन्यवाद ज्ञापन गर्दै देशकै नमूना नगरपालिका रुपमा रहेको सूर्यविनायक नगरपालिकाको बैंकिङ्ग पार्टनर हुन पाउनुलाई बैंकले निकै ठूलो गर्व र गौरवको विषयको रुपमा लिएको बताउनुभयो । साथै नगरपालिकाका मेयर श्री वासुदेव थापाज्यूले विस्तारित काउण्टरबाट सम्पूर्ण नगरबासीले आधुनिक बैंकिङ्ग सेवा प्राप्त गर्नुका साथै कर्जा सुविधा समेत उपभोग गर्न पाउने बताउनुभयो । समुद्घाटन समारोहमा विशिष्ट अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी श्री प्रेम प्रसाद भट्टराईज्यू, सूर्यविनायक नगरपालिकाका उपमेयर श्रीमती जुना बस्नेतज्यू, प्रमुख प्रशासकिय अधिकृत श्री कमल ज्ञवालीज्यू, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख श्री भवराज जोशीज्यू, सूर्यविनायक नगरपालिकाका वडा अध्यक्षज्यूहरू, नगर सदस्यज्यूहरू एवं यस बैंकका उच्च पदस्थ पदाधिकारीज्यूहरूको उपस्थिती रहेको थियो ।

10Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement