भरतपुर अस्पतालमा गोरखाकी १९ वर्षिय कोरोना संक्रमित युवतीको मृत्यु
0Shares
चितवन कात्तिक ११-
चितवनमा थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।
भरतपुर अस्पतालमा उपचाररत गोरखा जिल्ला,बारपाक सुलिकोट १ बस्ने १९ वर्षीय युवतीको आाज दिउँसो ३:४५ बजेको समयमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
कार्तिक ६ गते श्वासप्रश्वाशमा समस्या भई अस्पताल भर्ना भएको थिइन। उनमा कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि भेन्टिलेटरमा राखी उपचार गर्दा गर्दै निधन भएको सूचना अधिकारी पौडेलले बताए ।
0Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















