0Shares

बर्दियामा नरभक्क्षी बाघको आक्रमणमा परि दुई जना पुरुषको मृत्यु भएको छ।

अन्तर्राष्ट्रिय कोरीडोरमा पर्ने नेपाल-भारत सीमा क्षेत्र नजिकै मधुवन नगरपालिका वडा नं. ३ बस्ने अन्दाजी २५–२६ वर्षका दिनेश थारु र रमेश चौधरीको नरभक्क्षी बाघको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार रजौरेले जानकारी गराए।

गत महिनाभित्र नरभक्क्षी बाघले बर्दियामा ५ जनाको मृत्यु लिईसकेको छ। जसमध्ये हालसम्म नरभक्क्षी बाघको आक्रमणबाट मृत्यु हुने २ जना बालक, एकजना महिला र २ जना पुरुष रहेका छन्।

गत साता मात्रै मधुवन नगरपालिका वडा नं। ३ बस्ने २६ वर्षीया गंगा खत्रीको बाघको आक्रमणमा परि मृत्यु भएको थियो।

अन्तर्राष्ट्रिय कोरीडोरमा पर्ने नेपालभारत सीमा क्षेत्रबाट बाघ आएर स्थानीयलाई आक्रमण गरि पुनःभारततर्फ फर्किने गर्ने गरेको छ। सीमा क्षेत्र नजिकै बस्तीमा बस्ने नागरिकहरु नरभक्क्षी बाघको आक्रमणबाट त्रसित भएका छन्।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement