0Shares

भरतपुर २० का वडाध्यक्ष मणिलाल तामाङको निधनप्रति भरतपुर महानगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले आइतबार शोक वक्तव्य प्रकाशित गर्दै दिवंगत तामाङप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेकी छन् । कोरोना संक्रमणबाट निधन भएका वडाध्यक्ष तामाङको सम्मानमा भरतपुर महानगरपालिका र मातहतका कार्यलय सोमबार एकदिन बन्द रहने शोक वक्तव्यमा उल्लेख छ ।

उनको भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकका संयोजक डा. प्रमोद पौडेलले जानकारी दिए । उनका अनुसार  ६९ वर्षीय  तामाङलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि यही असोज २३ गते अस्पताल भर्ना गरिएको थियो ।

असोज १४ गते पिसीआर परीक्षण गरिएकोमा दुई दिनपछि कोरोना पुष्टि भएको थियो । उनीलाई मधुमेह, उच्च रक्तचापको समस्या रहेको संयोजक डा. पौडेलले बताए  । अस्पताल भर्ना गर्दा अक्सिजनको मात्रा ४० मा झरेपछि उनीलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि भ्यान्टिलेटरमा राखेर उपचारका क्रममा उनीको मृत्यु भएको हो ।

चितवन जिल्लामा कोरोना संक्रमणबाट पहिलोपटक जनप्रतिनिधिको मृत्यु भएको हो । तीन वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका तामाङ भरतपुर महानगरपालिका वडा नम्बर २० को अध्यक्षमा निर्वाचित भएका थिए ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement