7Shares

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा झण्डै चार बर्षपछि पहिलोपटक गोली लागेको अवस्थामा दुर्लभ एक सिंगे गैंडा मृत भेटिएको छ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार निकुञ्जको रातोपानी घोल भन्ने स्थानमा टाउकोमा दुई गोली लागको अवस्थामा गैंडा मृत भेटिएको हो । गैंडा घोलमा डुबेको अवस्थामा भेटिएको प्रमुख संरक्षण अधिकृत बरालले बताउनु भयो ।
निकुञ्जको गस्ती टोलीले भदौ २१ गते नै मृत गैंडा भेटेको थियो । गैंडा ५/७ दिन अगाडि मारेको हुनसक्ने निकुञ्जको अनुमान छ । गैंडाको पोष्टमार्टम गर्दा टाउकोमा गोली भने नभेटिएको प्रमुख संरक्षण अधिकृत बरालले जानकारी दिनुुभयो ।
मृत गैंडाको खाग र खुर भने सुरक्षित छ। निकुञ्जमा २०७३ साल यता कुनै पनि गैंडा तस्करहरूले मार्न सकेका थिएनन् । लकडाउन र निषेधाज्ञा लागेका बेला निकुञ्जमा सुरक्षा चुनौती थपिएको निकुञ्जले जनाएको छ ।
चालू आर्थिक बर्षमा योसहित चार गैंडा मृत भेटिएका छन् । तीन वटा कालगतिले मरेका थिए । गत आर्थिक वर्ष प्राकृतिक कारणले २६ गैंडा मरेका थिए ।

 

7Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement