6Shares

चितवन, भदौं २३-

अनुदानको मल महंगोमा बिक्री भएको विषयमा पत्रकारले सोधखोज गर्दा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै प्रेस युनियन चितवनले आपत्ति जनाएको छ ।

प्रेस युनियन चितवनले मंगलबार प्रेषित गरेको विज्ञप्तिमा रत्ननगर नगरपालिका–१ मा रहेको निर्मल बहुउद्देश्यीय सहकारीले अनुदानको मल महंगोमा बिक्री गरेको विषयमा प्रमुख जिल्ला अधिकारी भट्टराईसँग जानकारी लिन खोज्दा न्यूज २४ टेलिभिजनका चितवन संवाददाता केदार शर्मालाई धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै सो घटनाप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । विज्ञप्तिमा कालिका अनलाइन दैनिकका प्रधान सम्पादक शिशिर सिंखडाप्रति पनि प्रमुख जिल्ला अधिकारीको व्यवहार आपत्तिजनक रहेको जनाइएको छ ।

उक्त सहकारीको नेतृत्व गरेका रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीको विषयमा अनुसन्धान गर्नुको सट्टा उल्टै समाचार लेख्ने पत्रकारलाई धम्क्याउने कार्य निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ । युनियनले घटनाको दोषी पत्ता लगाइ कारबाही गर्न सरकारसँग माग पनि गरेको छ ।

 

6Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement