27Shares

जिल्ला प्रहरी कार्यालयका एसपी रविन्द्र रेग्मीका अनुसार हत्या बिहीबार राति करिब साढे १० बजे निलकण्ठ नगरपालिका-१३ खलचेत भन्ने ठाँउमा भएको थियो।

उनका अनुसार २६ वर्षीय राजु परियारले खुल्ला स्थानमा ६५ वर्षीय सोम बहादुर गुरूङको हत्या गरेको हो।

हत्या गरेपछि राति १ बजे झोलामा टाउको र हत्यामा प्रयोग भएको खुर्पा लिएर परियार प्रहरी कार्यालय पुगेका थिए।

हत्या गरेर टाउको र आफूले प्रयोग गरेको हतियार झोलामा ल्याएर प्रहरीमा आत्मसमर्पण गरेको छ,’एसपी रेग्मीले भने।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ती पुरूषले ठुलो विवाद नभइ आवेगका आएर हत्या गरेका हुन्।

‘उनीहरूबीच ठुलोभन्दा पनि सानोतिनो विवाद भएको हो,’उनले भने,’आवेगमा आएर गरिएको हत्या देखिन्छ।’

बाँकी शवलाई मुचुल्का उठाएर पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको उनले बताए।

ती दुबै जना एउटै टोलका बासिन्दा थिए।

27Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement