१२ कक्षाकालाई बाटो खोल्देउ सरकार
सबैकुरा राम्रै चल्दै थियो…
१२ कक्षाको विज्ञान विषयमा अध्ययन गर्दै गरेको छात्रा म।
सोचेको सपना पूरा गर्न दिनरात खटिएर परीक्षाको तयारी गर्दै थिएँ।
अन्तिम समयमा कोरोना महामारीको कारण परीक्षा सर्न गयो। नेपालमा समुदाय स्तरमा फैलिसकेको अवस्था त थिएन तर पनि स्वास्थ्य सुरक्षा को कारण देखाएर परीक्षा सारियो।
बन्दाबन्दीमा परियो अनि झन् पढ्न थालियो। दिन बित्यो हप्ता बित्यो महिना बित्यो… अहिले ६ महिना भइसक्यो घर भित्र जेल जसरी बन्द भएर पढ्न थालेको।
अब म थाकिसके… म मात्र हैन म जस्ता विभिन्न विषयको परीक्षाको तयारी गरिरहेका लाखौँ विद्यार्थी थालिसकेका छौं।
यो बीच मा कति पटक परीक्षा हुने नहुने भनी अनेक समाचार पढें। परीक्षा हुने नहुने दोधारको बीचमा घर भित्र बस्दा बस्दा अहिले दिमागले राम्रो सँग काम गर्न छाडिसक्यो।
पहिले परीक्षा हुँदा जुन नतिजा आउन सक्थ्यो त्यो सायद अब म बाट आउँदैन।
आखिर कहिलेसम्म यो दोधारको बीचमा तयारी गर्नु?
१२ को परीक्षा दिनसम्म पाए त्यसपछिको पढाइको तयारी गर्न बाटो खुल्थ्यो।
अब ढिला नगरिकन परीक्षा हुने मिति सार्वजनिक गरिदिनुपर्छ अनलाइन बाट लिएर हुन्छ कि सुरक्षाका उपायहरू अपनाएर हुन्छ… अन्यथा म लगायत लाखौं विद्यार्थीहरूको भविष्य डामाडोल हुन्छ।
सम्बन्धित खवर
-
भरतपुर, चितवन, असार १ – युनाइटेड ...
-
१३ जेठ, चितवन । माडी प्रज्ञा ...



















