कोरोना देखिएपछि भरतपुर अस्पतालबाट “चोर” फरार
1Shares
भरतपुर । भरतपुर अस्पतालमा उपचाररत एक कोरोना भाईरस (कोभिड १९) संक्रमित व्यक्ति फरार भएका छन् । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार भदौ ६ गते अस्पताल आएका १९ वर्षिय संक्रमित व्यक्ति भागेका हुन् ।
आज (मंगलबार) बिहान ५ बजे उनी भागेको जानकारी अस्पताललाई भएको अधिकारीले बताउनुभयो । अस्पतालको आईसोलेस वार्डबाट रातको समयमा कतिखेर र कसरी भाग्यो भन्ने पूर्ण जानकारी आईनसकेको उहाँले बताउनुभयो ।
भरतपुर महानगरपालिका वडा नं. १२ बाट चोरीको आरोपमा उनलाई पक्राउ गरिएको थियो । उनको कोरोना रिपोर्ट पोजिटिभ आएपछि यही भदौं ६ गते उनकी श्रीमतीको जमानीमा छाडेर भरतपुर अस्पताल पठाइएको थियो । विहानैदेखि अस्पतालमा नभेटिएपछि उनको खोजी कार्यभइरहेको चितवन प्रहरीले जनाएको छ ।
1Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















