47Shares

लमजुङ्ग, भदौ ८, लमजुङ जिल्ला सुन्दर बजार नगर पालिका वडा न ८ ले आफ्नो वडामा रहेका स्थानियहरुलाई निशुल्क माक्स वितरण गरेको छ ।
वडा कार्यलय र सिर्जनसिल सामुदायिक सिकाई केन्द्रको सम्युक्त प्रयासमा निशुल्क माक्स वितरण गरिएको थियो । वडामा रहेका ५ सय २० घरका १ हजार ९ सय ५० जनालाई माक्स वितरण गरिएको वडा अध्यक्ष कृष्णकान्त अधिकारीले जानकारी दिनुभयो ।
कोरोनाको संक्रमण दिनदिनै वढ्दै गएको अवस्थामा सन्देश मुलक तरीकाले स्थानियलाई अत्यावश्यक काममा बाहिर जानु परेमा अनिवार्य माक्स लगाउनु पर्छ भन्ने सन्देश दिनका लागि माक्स वितरण गरिएको सिर्जनसिल सामुदायिक सिकाई केन्द्रका अध्यक्ष निश्चल ढकालले जानकारी दिनुभयो । सो अवसरमा स्थानीय युवाहरुले विभिन्न ठाउँमा पुगी माक्स वितरण गरेका थिए ।


विगत छ महिना देखि माक्स बनाएर व्यापार र खरिद गर्न नसक्नेका लागि निशुल्क माक्स वितरण गर्दै आउनु भएकी नमुना पौडेलले प्रति माक्स दश रुपंैयाका दरले बिक्री गर्नुभएको थियो । उत्पादन खर्च मात्रै लिएर माक्स सहयोग गरेको पौडेलले बताउनु भयो । पौडेलले चितवनको भरतपुर १० मा रहेको नमुना लेडिज टेलर्स मार्फत माक्स निर्माण गर्दै आउनु भएको छ ।

47Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement