222Shares

टोकियो । नेकपा निकट प्रवासी नेपाली एकता मन्च जापानले ४ क्षेत्रको नेतृत्व चयन गरेको छ । शनिवार मञ्चका अध्यक्ष हवलचन्द्र लामा अध्यक्षतामा बसेको बैठकले नेतृत्व चयन गरेको हो । मञ्चको सचिव शालिकराम भण्डारीले संचालन गरेको उक्त बैठकले सो निर्णय गरेको अध्यक्ष लामाले जानकारी दिनुभयो ।
प्रवासी नेपाली एकता मंचको संगठनात्मक एकता अन्तर्गत जापानका हाललाई ४ क्षेत्रमा नेतृत्वको ज़िम्मेवारी दिएको छ । बाकी क्षेत्रमा केही समय पछी गर्ने जानकारी क्षेत्रिय एकता कार्यदल संयोजक सिदार्थ श्रेष्ठले बताउनु भयो।
•कान्तो(टोकियो) क्षेत्रमा संयोजक -श्रीकृष्ण अर्याल र सचिव मदन थापा चयन हुनभएको छ  ।

यसैगरी  कान्साई (ओशाका) क्षेत्रमा संयोजक-टिकाराम कंडेल सचिव -प्रकाश गैरे चयन हुनुभएको छ ।

यसैगरी • च्युवु(नागोया) का लागी संयोजक-हरि दोङ तामाङ
र सचिव -बिनोदकुमार सापकोटा चयन हुनुुुभएको छ ।

क्यूसु (फुकुओका) क्षेत्रका लागी संयोजक-नवराज गौतम, सचिव -पुरुषोत्तम सिक्देल चयन हुनुुुभएको छ ।

कोरोना कहरले घेरै समयपछी बैठक बसे पनी सामाजिक दुरी क़ायम गरी संगठनको काम कार्य अगाडी बढाउन समिती चयन गरिएको केन्द्रीय सचिब सालिकराम भण्डारीले जानकारी दिनु भयो ।

222Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement