0Shares

चितवन, साउन ३२–

कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएपछि पूर्वीचितवनका चार वटा नगरपालिकामा पनि आज रातिदेखि निषेधाज्ञा लागू गरिएको छ ।

पूर्वीचितवनका रत्नगर, कालिका, खैरहनी र राप्तीका प्रमुखहरुको आज (आइतबार) बसेको बैठकले चार नगरपालिका क्षेत्रमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जानकारी दिए ।

उनले निषेधाज्ञा लागू गर्नका लागि नगरपालिकाले निर्णय गरेर प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई जानकारी गराएको बताए । उनले भने–‘जोखिम बढेकाले चार नगरपालिकामा निषेधाज्ञाका लागू गर्न जिल्ला प्रशासनलाई भनेका छौं ।’

नगर प्रमुख वनले आज राति १२ बजेदेखि लागू हुने गरी भदौं ७ गतेसम्मका लागि निषेधाज्ञा लागू गर्ने निर्णय भएको जानकारी दिए ।

चितवनका प्रमुख जिल्ला अधिकारी भट्टराईले आज राति देखिनै लागू हुने गरि पूर्वीचितवनमा निषेधाज्ञा घोषणा गरिएको बताए । उनले यस बारेमा आजै सार्वजनिक सूचना जारी गरिने बताए ।

पछिल्ला केहीदिन पूर्वीचितवनमा पनि कोरोना भाइरसका संक्रमित थपिदै गइरहेका छन् । शनिबार राति गरिएको परीक्षणमा रत्ननगर नगरपालिका–५ र १२ का ३ पुरुष र एक महिला गरी चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने खैरहनी नगरपालिका–८ का २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement