0Shares

सल्यानमा झारफूक गर्ने बाहनामा महिलामाथि बलात्कार गर्ने एक जना पुरूषलाई प्रहरीले पक्राउ गरेको छ।

शारदा नगरपालिका वडा नम्बर ८ सिमखर्चका ३८ वर्षीय ती पुरूषले झारफुकको बाहानामा आफ्नै भाउजु नाता पर्ने एक महिलालाई जवरजस्ती बलात्कार गरेको अभियोगपछि पक्राउ परेका हुन्।

जिल्ला प्रहरी प्रमुख ढकेन्द्र खतिवडाका अनुसार ती महिलामाथि २० गते राति करिब साढे ११ बजेतिर देवर नाता पर्ने ती व्यक्तिले झारफुकको बाहनामा जवरजस्ती बलात्कार गरेको जाहेरीका आधारमा पक्राउ गरिएको हो।

आरोपितलाई साउन २९ गते पक्राउ गरिएको र साउन ३० गते सल्यान जिल्ला अदालतवाट म्याद थप भइ अनुसन्धान सुरु गरिएको डिएसपी खतिवडाले जानकारी दिए।

पीडित महिलाले साउन २९ गते प्रहरीमा लिखित जाहेरी दिएकै दिन आरोपितलाई पक्राउ गरिएको डिएसपी खतिवडाको भनाइ छ।

 

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement