0Shares

आईपीओ निष्काशनको तयारीका रहेको जनरल इन्स्योरेन्स कम्पनी (GIC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा १ करोड ४४ लाख रुपैयाँले बढी हो।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा इन्स्योरेन्सले ३ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २० करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लाे वर्षको सोही अवधिमा इन्स्योरेन्सले १६ करोड ४६ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस अवधिमा कम्पनीले पुनर्बीमा कमिशनबाट ७ करोड ५४ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट एक करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ।

कम्पनीले असार ५ गते ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर बिक्री गर्न अनुमति माग्दै बोर्ड पुगेको छ। आईपीओ निष्काशनपछि कम्पनीकाे चुक्ता पूँजी अर्ब रुपैयाँ पुग्नेछ। हाल ७० करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ।

कम्पनीको जगेडा कोषमा ४ करोड ६६ लाख, बीमा कोषमा ५ करोड १० लाख र महाविपत्ती जगेडा कोषमा ५२ लाख रुपैयाँ सञ्चित छ।

यस अवधिसम्ममा इन्स्योरेन्सले कुल ५७ हजार ८०३ बीमालेख जारी गरी ५३ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यस अवधिमा कम्पनीको ४ हजार ६०६ वटा बीमालेख नविकरण भएका छन्।

कम्पनीले कुल १ हजार ५६५ वटा दाबी बापत १९ करोड ५२ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३५६ दाबी बापतको ३ करोड ९० लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ।

यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ २३ पैसा, प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ६८ पैसा रहेको छ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement