1Shares

माडी २६ साउन । गैर आवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य तुल्सीराम खरेलको जन्मदिनको अवसरमा सुकुम्बासी चेपाङ बालबालिकालाई सोमबार पोशाक र स्टेशनरी सामान वितरण गरिएको छ ।

भरतपुर महानगरपालिका वडा नं ४ स्थायी घर भई हाल जापानमा व्यवसाय गरिरहनुभएका समाजसेवी खरेलको जन्मदिनको अवसरमा माडी नगरपालिका वडा नं ८ को शिवद्वार र इन्द्रबस्तीको नदी किनारमा बसोवास गरेका ४८ जना सुकुम्बासी चेपाङ बालबालिकालाई पोशाक र स्टेशनरी सामान वितरण गरिएको हो ।

पोशाक र तन्ना वितरण गर्दै माडी नगरपालिकाक उप प्रमुख ताराकाजी महतोले सुकुम्बासीको स्थायी बसोबासको लागि माडी नगरपालिकाले पहल गरिरहेको जनाउदै विपत्तिको समयमा धैर्य गरी बस्न सुकुम्बासीहरुलाई आग्रह गर्नुभयो । उहाँले जन्मदिनको अवसरमा सुकुम्बासी चेपाङ समुदायका बालबालिकालाई सहयोग गर्ने तुल्सीराम खरेललाई धन्यवाद दिनुभयो ।

पोशाक र स्टेशनरी वितरण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी वाग्मती प्रदेशका सदस्य अोमनाथ पाण्डे, माडी नगरपालिका वडा नं ८ का वडाध्यक्ष कृष्णराज अधिकारी, नेकपाका युवा नेता तथा लायन्स क्लव अफ माडी ग्रीनका अध्यक्ष श्रीप्रसाद दवाडी,जन जीवन मा विकास प्र अ शोभाकर गौतम लगायतको उपस्थिति रहेको थियो ।
वितरणको समन्वय र सहजीकरण सञ्चारकर्मी नारायण सापकोटाले गर्नुभएको थियो ।

कार्यक्रममा सुकबहादुर चेपाङले विपत्तिको बेलामा सुकुम्बासी चेपाङ बालबालिकालाई सहयोग गर्ने सहयोगी तुल्सीराम खरेलप्रति सुकुम्बासी चेपाङ परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन उत्तरोत्तर प्रगतीको कामना गर्नुभयो ।
समाजसेवी तुल्सीराम खरेलको जन्मदिनको अवसरमा गत शुक्रबार पनि उपर्युक्त चेपाङ समुदायलाई तन्ना र झुल वितरण गरिएको थियो भने आज सोमबार बिहान मञ्जुश्री असहाय संरक्षण केन्द्रमा रहेका बालबालिकालाई खाना खुवाइएको थियो ।

1Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement