जलुके खानेपानी कार्यालय पनि बन्द
गैँडाकोट,१ साउन /गैँडाकोट नगरक्षेत्रमा कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि भन्दै जलुके खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले प्राविधिक बाहेक आफ्ना सबै कार्यहरु बन्द गरेको जनाएको छ । गैँडाकोट नगरपालिकाका वडा नम्बर १, २ र ४ का विभिन्न क्षेत्रमा खानेपानीको आपुर्ति गर्दै आएको सो खानेपानी संस्थाले नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवाहरु साउन २ देखि ८ गतेसम्म बन्द गर्न आग्रह गरे बमोजिम कार्यालय बन्द गर्दै थप सुरक्षा अपनाउने बताएको छ ।
संस्थाका अध्यक्ष मोतीचन्द्र चालिसेद्धारा आज जारी सूचनामा नगरपालिकाको आग्रहलाई पालना गर्दै संक्रमणबाट जोगिन सबै उपभोक्ताहरुलाई आग्रह गरिएको छ । गैँडाकोट नगरपालिका भित्रका ५ जना सुरक्षाकर्मि सहित होम क्वारेन्टिनमा बसेकाहरुमा समेत कोरोना भाईरसको पुष्टि भएपछि साउन २ गतेदेखि एक हप्ताका लागि गैँडाकोट नगरपालिका शिल गर्ने निर्णय गरिएको छ ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















