गैँडाकोट नगर क्षेत्र सिल
एकैदिनमा पाँच प्रहरीसहित १८ जनालाई कोरोना
64Shares
चितवन, साउन १-
गैँडाकोट नगरपालिकामा कोरोना संक्रमण फैलिँदै गएपछि भोलि साउन २ गते शुक्रबारबाट साउन ८ गतेसम्मलाई नगर क्षेत्र सिल गरिएको छ ।
नगरपालिकाले आज जरुरी सूचना जारी गर्दै नगर क्षेत्र पूर्णतया बन्द गरिएको जनाएको हो । सूचनामा अत्यावस्यक सेवाका पसलहरु बाहेक अन्य पसल, बैँक तथा सहकारी संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ । त्यसैगरी सूचनामा लामो दूरीको सवारी साधनबाट यात्रुहरु ओराल्न र चढाउन पनि रोक लगाएको छ । आज एकैदिनमा पाँच प्रहरीसहित १८ जनालाई कोरोना देखिएपछि सो निर्णय लिइएको गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले चितवनपत्र डट कमलाई जानकारी दिए ।
64Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















