1Shares

चितवन, ३१ असार । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि टु नेपालले भरतपुर अस्पताललाई स्वाब सङ्कलन गरी प्रयोगशालामा ल्याउन आवश्यक पर्ने भाइरस ट्रान्सफर मिडिया (भिटिएम) सहयोग गरेको छ । बुधवार एक कार्यक्रमका बिच क्लबले १४ सय थान भिटिएम सहयोग गरेकाे हाे । क्लबका प्रथम डिष्ट्रिक्ट भाईस गभर्नर रामप्रसाद भट्ट र क्लबका कोभिड १९ पोट्रेक्सन डिष्ट्रिक चिफ सिद्धार्थलाल चुकेले संयुक्त रूपमा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीलाई ती सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा प्रदेशसभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, भरतपुर अस्पताल विकास समितिका सदस्यहरु केशव देवकोटा, रमा घिमिरे, अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी लगायतकाे उपस्थिति रहेको थियो । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि टु नेपालले विभिन्न समयमा यस अस्पतालमा सहयोग गर्दै आएकाे छ ।

1Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement