बराल पोखराको प्रशासकीय अधिकृत
2Shares
पाेखरा, २१ असार । पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा महेश बराल जाने भएका छन्।
असार १२ गते सहसचिवमा बढुवा भएका बराललाई आइतबार पोखरामा सरुवा गरिएको हो । हाल उनी सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा कार्यरत छन्।
२०७१ सालमा पनि पाेखरा उपमहानगरपालिकाको कार्यकारी अधिकृत भएर काम गरिसकेका उनी तत्कालीन समयमा ६ महिनामै सरुवा भएका थिए । त्यसपछि भरतपुर उपमहानगरपालिका, धुलिखेल, मध्यपुर ठिमी नगरपालिकामा कार्यरत थिए।
आर्थिक वर्ष अन्त्य भएकोले नयाँ आर्थिक वर्षदेखि कार्यभार सम्हाल्ने बरालले बताए । उनले पोखरालाई थप उत्कृष्ट बनाउन मिहिनेत गर्ने बताए । हाल पोखरामा धु्रवकुमार पोखरेल प्रमुख प्रशासकीय अधिकृत रुपमा कार्यरत छन्।
2Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















