अर्कोतर्फ वर्षभरि भएका कामको भुक्तानी दिने र त्यसबापतको कमिसन लिने बेला पनि यही समय भएको हुँदा लगाउनलाई खुकुलो बनाइएको हो । तर, संक्रमितको संख्या सात हजार नाघेको अवस्थामा पनि लकडाउन खुकुलो भएकोमा सरकारको आलोचना भइरहेको छ ।
सरकारलाई राजश्व संकलन गर्न दबाब परिरहेकाले लकडाउन खुकुलो बनाइएको हो । असार मसान्तसम्म अर्थतन्त्रले एउटा मार्ग समात्ने भएकोले लकडाउन पुनः सुचारु गर्ने तयारीमा सरकार लागेको सरकारी उच्चस्रोतको भनाइ छ ।
एकजनालाई संक्रमण हुँदा लकडाउन गरेको सरकारले अहिले सात हजार जना संक्रमित हुँदा खुकुलो बनाउन सरकार उल्टो बाटोमा लागेको भन्दै आलोचना सुरु भएको छ । अबको लकडाउन विगतको जस्तै गर्ने कि, अझै कडा गर्ने वा मोडालिटी परिवर्तन गर्ने भन्ने सन्दर्भमा छलफल चलिरहेको श्रोतको भनाइ छ।
-नेपाल समाचारपत्रबाट



















