बलात्कारको घट्ना सुन्दा मुटु छिया छिया
पछिल्लो समयमा देशका विभिन्न ठाउँमा बलात्कारका घटना बढिरहेका छन्। कैलालीको लम्किचुहा नगरपालिका वडा न. १ स्थित सहिद स्मृति मा वि मा क्वारेन्टिइनमा रहेकी ३१ वर्षिया महिलाको सामुहिक बलात्कार भएको घटना सुनेर रात भर निन्द्रा परेन । यो मेरो क्रोध मेरो आक्रोश मात्र होईन यो रास्ट्रीय लज्जाको घटना हो ।
नेपालमा २००७ सालमा राणा शासनको अन्त्य ,बहुदलीय ब्यबस्था हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यबस्था आइसकेको छ । महिला हक अधिकारका कुराहरु पनि सडक देखी सदनसम्म गरिदै आइएको छ।
सदियौ देखी अशिक्षा, चुलोचौको अनि परिवार भित्रै दासत्व अवस्थाबाट पिछडिएका महिला दिदिबहिनी आज पनि हरेक कुरामा अघि बढन सक्ने क्षमता हुदाहुँदै पनि दिनहु जसो घट्ने महिला हिंसाका घटनाका कारण उच्च मनोबल सहित अघि बढन सकेका छैनन् । नेपालको संविधानमा महिला समावेशी हुनुपर्ने प्रावधानसंगै नेपालमा अहिले महिला रास्ट्रपति छिन् । त्यसैगरी प्रधानन्यायाधीश, सभामुख जस्तो उच्च पदमा पुगेर काम गरेर देखाईसकेका छन् । यो सकारात्मक पक्ष हो । यतिहुदाँ हुँदैपनि महिलाहरुले आफुलाइ सुरक्षित महसुस गर्न सकिरहेका छैन्न ।
कहिले आउला त्यो दिन जुन दिन महिलाहरु खुल्ला आकास मुनि स्वतन्त्र र निर्धक्क भएर हिंड्न् सक्ने। दिनभर महिला अधिकार र समानताका कुरा ग¥यो बेलुकी कार्यक्रम बाट फर्किदा एकान्त ठाउँ आएपछी डरले छाती गरुङ्गो हुन्छ ! समाजमा घट्ने यस्ता दर्दनाक घटनाले मनमा कोभीड (१९) को डर भन्दा ठूलो डरले जरा गाडेको हुन्छ ।
खोइ कहाँनेर छौं हामी महिलाहरु सुरक्षित, घरमा, बिद्यालयमा, काम गर्ने कार्यालयमा, हिड्ने बाटोमा, हस्पिटलमा सार्वजनिक यातायातमा अहँ कहिँ पनि हामी महिला सुरक्षित छैनौं । हिँजोआज दिनहुँ जस्तो घट्ने बलात्कारका घट्ना, बलात्कार प्रयासका घट्ना अझ ती कलिला कलिला बालिका र वृद्ध महिला माथिको बलात्कारको घट्ना सुन्दा त झन मन मुटु छिया छिया हुन्छ अनि अभिसाफ जस्तो लाग्छ महिला भएर जन्मिनु पनि ।
त्यो बलात्कारि पुरुष आफ्नो घरमा भएका आमा दिदीबहिनीहरुको ठाँउमा अरु महिला लाई राखेर हेर्न किन सक्दैन होला?
बलात्कार के हो त ?
बलात्कार कानुनि र सामाजिक रूपमा एक जघन्य अपराध हो । बलात्कार भन्नाले दोस्रो पक्षको मन्जुर बेगर जबरजस्ती यौन सम्पर्क सम्बन्ध स्थापित गर्नु हो । यौन स्वतन्त्रता रहेको भनिएको मुलुकमा पनि बलात्कार लाई क्षमा योग्य मानिदैन ,दण्डनिय नै मानिन्छ। हाम्रो नेपाली समाजमा यस्ता घट्ना लाई सके सम्म लुकाउने र ढाकछोप गरिन्छ । कानुनमा अपराधी लाई दण्ड सजाएँको ब्यबस्था भए पनि अझै निर्मला पन्त जस्ता हजारौं नेपाली चेली हरुले न्याय पाउन सकेका छैनन् । अपराधी लाई पैसा र पावरको भरमा उम्काउने कारण महिलाहरु अझ जोखिममा छ्न भने अर्को तिर अपराधी हरु खुलेयाम शिर उच्च पारेर हिंडिरहेका छ्न ।
पछिल्लो ५ वर्षको महान्यायधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन अनुसार जवर्जस्ति बलात्कार मुद्दामा अदालतबाट अधियुक्तहरुले सफाइ पाएको मुद्दा संख्याबाट पुष्टि हुन्छ । सो प्रतिवेदन अनुसार जवर्जस्ती बलात्कार मुद्दामा औसतमा जिल्ला अदालतबाट ३५ प्रतिशत, पुनरावेदन अदालतबाट ५८ प्रतिशत र सर्वाेच्च अदालतबाट ५० प्रतिशतले सफाइ पाएको देखिन्छ ।
नेपाल प्रहरीसँगको तथ्यांकलाई हेर्ने हो भने घरेलुु हिंसापछि बलात्कार संख्यात्मक रुपमा दोस्रो अपराधमा आउँछ।
०७०/०७१ साल मा ९१२ बलात्कारका मुद्दा रहेकोमा क्रमशः यसरी बढ्दो क्रममा रहेको छ ।
०७१/२०७२–९८१
०७२/७३–१०८९
०७३/७४–११३१
०७४/७५–१४८०
किन हुन्छ बलात्कार ?

१. पुरुष प्रधान सामाज हाम्रो समाज अझै पनि पुरुष प्रधान छ अझै पनि पुरुषले आफुलै सर्बेसर्बा ठान्छ्न । महिला लाई जे बोले पनि हुन्छ यीनिहरु केहि गर्न सक्दैनन भन्ने मानसिकता स्थापित छ ।
२. कानुनी निकायले न्याय संगत कार्य गर्न नसक्नु ( कानुन अनुसार बलात्कार दण्डनिय मानिने भए पनि अझै पनि पैसामा लोभिएर अनि पावर सङ्ग दबिएर रास्ट्र सेबक प्रहरी ले नै घटनाको सत्य तथ्य लुकाउन खोज्ने , मेलमिलाप गराउन खोज्ने, अनुसन्धान गर्न नखोज्ने , बलात्कार मुद्दा दर्ता गर्न नमान्ने गरिएको पाईन्छ।
३. ईन्टरनेट तथा समाजिक सन्जाल को दुरुपयोग आज भोलि मोबाईल ल्यापटप जस्ता समाग्रीको बढ्दो प्रयोग र ईन्टरनेट सुबिधाले सामाजिक संजाल मार्फत अनावश्यक सम्बन्ध स्थापित गर्ने, पोर्न साईट हेर्ने आदि कारण पनि बलात्कारका घटना बढाएको छ।
४. सामाजिक चेतनाको कमि (समाज मा अझै पनि महिला दिदिबहिनी पुरुषले अपशब्द बोलिरहँदा, जिस्काइरहँदा पनि केही प्रतिकार गर्न डराउँछ्न। केही भन्यो भने अरुलाइ भनिदेला र बेइज्जत होला भन्ने डर रहेको पाइन्छ ।
५. यौन शिक्षा को अभाव (बालबालिकाहरु हुर्किदै गर्दा उनिहरुको पारिवारिक संस्कार, हुर्कदै गरेको समाज अनि विद्यालयबाट सिकेको कुराहरुबाट जीवन तय गर्दछ, त्यसैले परिवारमा पनि उचित सँस्कार संगै विद्यालयमा पनि यौन शिक्षा लाई खुलेर पढाउन आवश्यक छ ! विद्यालयमा शिक्षकले पठाउन हिच्किचाउने अनि यौन समन्धी कुरागर्न सुन्न लाजाउने कारण पनि यौन शिक्षा प्रभाबाकारी बन्न सकेको छैन । यौन शिक्षा नहुँदा र यौनलाई लाजको रुपमा बुझ्दा स्वभाबिक महिलामा आत्मबल कम भएको पाईन्छ ।
बलात्कार जघन्य आपराध हो, भन्ने जान्ने बुझ्नेले गरेको घटना जति नै निन्दा गरे पनि कम हुन्छ । बलात्कारि लाई जब सम्म फाँसीको सजायँ दिएर दण्डित गरिदैंन तवसम्म न हामी महिला सुरक्षित हुन्छौं न बलात्कार गर्नेको मनोवृतिमा कमि आउने छ । बलात्कारिको लागि कानुन कठोर बन्नैपर्छ ।



















