माडीका थप ८ जनामा कोरोना भाइरस पुष्टि
5Shares
चितवनको माडी नगरपालिकाका थप ८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा आज (शुक्रबार) थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज पुष्टि भएका कोरोना भाइरस संक्रमितहरु सबै क्वारेन्टिनमा बसी रहेका छन् ।
यसअघि माडीकै ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । योसंगै चितवनमा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । जसमध्ये २ जना निको भएर घर फर्कि सकेका छन् भने एक जना ६८ वर्षीय पुरुषको मृत्यु भएको छ ।
5Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















