रेडक्रस कृष्णपुरद्वारा क्यारेन्टाईनलाई सहयोग
चितवन । नेपाल रेडक्रस सोसाईटी कृष्णपुर उपशाखाले भरतपुर महानगरपालिका वडा नम्वर ७ ले निर्माण गरेको क्वारेन्टाइनको लागि आवश्यक विभिन्न सामग्रीहरु सहयोग गरेको छ ।
कार्यक्रममा उपशाखाका सभापति कृष्णप्रसाद ढकालले वडा अध्यक्ष राजेन्द्रमणी काफ्लेलाई सो सामाग्री हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा कम्बल, बाल्टी, जग, साबुन, स्यानटाइजर, मास्क र पञ्जा सहयोग गरिएको सभापति ढकालले जानकारी दिनुभयो । कोरोना भाइरस कोभिड १९ को संक्रमण आउन नदिन वडा कार्यालयले गरेको काममा सहकार्य गरेको सभापति ढकालले बताउनु भएको छ ।
बाह्य जिल्लाबाट आउने वडा वासिका लागी भरतपुर सातमा कृष्णपुरमा रहेको राष्ट्रिय मावि र प्रेमवस्ति माविमा क्वारेन्टाइन स्थापना गरिएको छ । क्वारेन्टाइनको सञ्चालन तथा व्यवस्थापनका निम्ति आवश्यक मापदण्ड साथै आचारसंहिता तयार गर्ने काम पनि भइरहेको वडाध्यक्ष काफ्ले जानकारी दिए ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















