0Shares

नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ।

वीरगन्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बाराको कलैयाका एक वृद्धलाई कोरोनाभाइरस पोजेटिभ देखिएको छ।

७० वर्षीय ती वृद्ध मिर्गौलामा समस्या देखिएपछि नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए।

  • नारायणी अस्पतालका सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले ती वृद्धको स्वाब जाँच्दा कोरोना पोजेटिभ आएको जानकारी दिए।

‘शंकास्पद लक्षण देखिएका उनको स्वाब कलेक्सन गरेर परीक्षणका लागि काठमाडौं पठाएका थियौं अहिले भर्खरै  पोजेटिभ नतिजा आयो भनेर मलाई इमेल आएको छ,’ उनले भने।

ती वृद्धमा मिर्गौलाको समस्या पनि रहेको पर्साका जिल्ला सहायक प्रमुख ललित बस्नेतले जानकारी दिए।

‘उहाँ मिर्गौलाको समस्या भएपछि नेशनल मेडिकल कलेजमा उपचारका लागि भर्ना हुनुभएको थियो। जेठ ४ गते मृत्यु भएपनि कोरोनाको रिपोर्ट भने आज पोजेटिभ आएको छ,’ उनले भने।

ती मृतकका परिवारले उनको अन्तिम संस्कार गरिसकेका छन्।

यसअघि सिन्धुपाल्चोककी सुत्केरी महिला, बाँकेका युवक र गुल्मीका एक जना शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement