16Shares

नेपाल शनिबार फेरि थप ३२ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ । कपिलबस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज थपिएकासहित नेपालमा कुल संक्रमितको संख्या ५४८ पुगेको छ ।

चितवनमा भने हिजो परीक्षण गर्दा कोरोना संक्रमण देखिएका वृद्ध दम्पतीका ५२ वर्षीय छोरामा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहीबार चितवन भरतपुर महानगरपालिका-६ गीतानगर केशरवागका ७४ वर्षका पुरुष र ७३ वर्षकी महिलामा कोरोना संक्रमण देखिएको थियो ।

16Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement