पाकिस्तानमा यात्रुवाहक विमान दुर्घटना
काठमाडौं (एसेन्सीहरु) । पाकिस्तानको व्यापारिक राजधानी कराँचीमा यात्रुवहाक विमान दुर्घटना भएको छ । लाहोरबाट दिउँसो १ बजे कराचीका लागि १ सय ७ जना सवार लिएर विमान उढेको थियो ।
पाकिस्तानको राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको उक्त विमान कराँची विमानस्थलमा अवतरण गर्नुअघि दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
विमान दुर्घटनास्थलमा धुँवाको मुस्लो देखिएको बताइएको छ । दुर्घटनामा के कति हताहती भए भन्नेबारे विवरण आउन बाँकी नै रहेको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।
पाकिस्तानमा कोरोना भाइरसको संक्रमणका कारण जारी लकडाउनपछि पुनः हवाई उडान सुरु भएको थियो । विमानमा चालक दलका सदस्यसहित १ सय ७ जना सवार रहेका थिए । जसमा ९९ जना यात्रु रहेको बताइएको छ ।
स्थानीय समयअनुसार आज दिउँसा १ बजे लाहोरबाट उक्त जहाजले कराँचीका लागि उडान भरेको थियो । पाकिस्तानमा यसअघि सन् २०१० को जुलाई २८ र २०१२ को अप्रिल २० मा विमान दुर्घटना भएको थियो ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















