फेरि थपिए १३ जना कोरोना संक्रमित
काठमाण्डौ – नेपालमा आज एकैदिन २४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।
यसअघि बिहानमात्रै कपिलवस्तुमा १० तथा सप्तरीमा एक जनामा कोरोना पुष्टि भएको थियो । यसअघि पर्साका १७ जनामा एकैदिन कोरोना पुष्टि भएपछि आज धेरै सङ्क्रमित भेटिएका हुन् ।
मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका ८ र बुद्धभूमि नगरपालिका ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा काेराेना पुष्टि भएकाे हाे । साथै रुपन्देही, समरीमाई गाउँपालिका ७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुष र बर्दिया राजापुरकी ११ वर्षकी बालिकामा कोरोना पुष्टि भएको हो ।
रुपन्देही र कपिलवस्तुमा कोरोना पुष्टि भएका १२ जनालाई बुटवलमा रहेको कोरोना विशेष अस्पताल लैजाने तयारी गरिएको छ । यस्तै बर्दीयामा भेटिएका काेराेना सङ्क्रमितलाई बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा लैजाने तयारी गरिएको मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
आज बिहान कोरोना पुष्टि भएका कपिलवस्तुका १० जनालाई बुटवलको कोरोना अस्पताल तथा सप्तरीका युवकलाई गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ ।
अहिलेसम्म कोरोना पुष्टि भएकामध्ये ३३ जना निको भएर घर फर्किएका छन् । १२ हजार सात सय एक जना क्वरेण्टीनमा रहेकाे र एक सय ५३ जना आइसोलेशनमा रहेकाे मन्त्रालयले जनाएको छ ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















