आक्रमणबाट प्रहरी जवान अवधेसप्रसाद यादव, लुकेश जर्घा र सुजन बराइली घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यादवको अवस्था मध्यम छ । अन्य दुई जनाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
स्थानीयको आक्रमणबाट इलाका प्रहरी कार्यालय भण्डाराको बा १ झ ७४६५ र रत्ननगर नगरपालिकाको बा १२ च २७१ र नम्बरको गाडीमा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । त्यसपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको उनले बताए ।
आक्रमणमा संलग्न भएको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय रञ्जित वाइवा, २० वर्षीय सुमन वाइवा, २२ वर्षीय सञ्चराम घलान र ३५ वर्षीय धनबहादुर घलान छन् ।



















