नेपालमा कोरोना संक्रमितको संख्या सय नाघ्यो
0Shares
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या १०१ पुगेको जनाएको छ । बिहीबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै कपिलवस्तु ८ का १६ वर्षीय र २२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको जानकारी दिएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो ।
मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीले ती व्यक्तिहरुको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरुको निगरानीमा रहेको बताएका छन् ।
0Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















