0Shares

अमेरिकाले चीनमा उत्पादित सामानको भन्सार दर दोब्बर पारेको छ। दुई देशबीचको व्यापारयुद्ध चर्किंदै जाँदा अमेरिकाले यस्तो घोषणा गरेको हो। यसअघि १० प्रतिशत भन्सार लगाउँदै आएको अमेरिकाले अब चिनियाँ सामानमा २५ प्रतिशत कर लिनेछ। ट्रम्प प्रशासनको यो निर्णयबाट चीनका इलेक्ट्रोनिक्स, मेसिनरी, कार पार्टस् र फर्निचर उत्पादकहरू प्रत्यक्ष मर्कामा पर्नेछन्। सन् २०१८ को तथ्याकंअनुसार अमेरिकाले चीनसँग २५० बिलियन डलर भन्सार असुलेको थियो । चीनले अमेरिकी सामानमाथि १२० बिलियन डलर कर लगाएको थियो। चीनले अमेरिकाको उक्त कदमप्रति खेद जनाउँदै उचित जवाफ दिने बताएको छ।

दुई देशका प्रतिनिधिबीच वार्ता चलिरहेको अवस्थामा अमेरिकाले कठोर कदम चालेको हो। अमेरिकाले आफूले पूर्वघोषित निर्णय कार्यान्वयन मात्र गरेको र त्यसले वार्तामा कुनै असर नपार्ने बताएको छ। छलफल जारी रहने जनाइएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement