0Shares

भारतको हरियाणा राज्यको पानीपतमा रेलको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । प्रहरीको अनुसार रेलमार्गमा सेल्फी लिँदै गर्दा तीन जना किशोरलाई रेलले ठक्कर दिएको हो । प्रत्यक्षदर्शीका अनुसार अर्का एक जना किशोरको ज्यान जोगिएको छ । चारैजना किशोर रेलमार्गमा उभिएर मोबाइलबाट सेल्फी लिँदै गर्दा रेलले तीनजनालाई ठक्कर दिएको जानकारी दिएका छन् ।

गत वर्ष अखिल भारतीय आयुर्विज्ञान संस्थानले गरेको एक अध्ययनमा सन् २०११ देखि २०१७ को बीचमा सेल्फी लिनेक्रममा विश्वभर करिब २५९ जनाको ज्यान गएको उल्लेख छ। सेल्फी लिनेक्रममा सबैभन्दा बढीको मृत्यु भारतमा हुने गरेको छ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement