0Shares
काठमाडौं । स्थानीय वायु सक्रिय हुँदा र पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा हावाहुरीसहित वर्षा भएको छ।
पोखरा, पर्वत, चितवन, गोरखा, धादिङ, नुवाकोटलगायतका स्थानमा हावाहुरीसहित वर्षा भएको जल तथा मौसम विज्ञान विभाग पूर्वअनुमान महाशाखाले जनाएको छ।
बंगालको खाडीको दक्षिण पूर्वी भागमा भएको शक्तिशाली चक्रबातको प्रभाव नभएको मौसमविद्ले जानकारी दिएका छन्। मौसम पूर्वानुमान महाशाखाले चक्रपात फानीका कारण पूर्वी नेपालका केही स्थानमा हावाहुरी आउन सक्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । महाशाखाले पश्चिमी भूभाग साथै पूर्वी र मध्य पहाडी भेगका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुनसक्ने संभावना रहेको जनाएको छ।
0Shares
सम्बन्धित खवर
-
चितवन । पछिल्लो मत परिणामअनुसार ...
-
काठमाडौँ,फागुन २२ – नेपाली ...


















