0Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारको जग्गा प्रकरणमा मुछिएका पार्टीका महासचिव विष्णु पौडेलको बचाउ गर्नुभएको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको नेकपा संसदीय दलको बैठकमा ओलीले राजाको शासनको बेलामा किनिएको जग्गाको विषयमा अहिले लाञ्छना लगाउनु उचित नहुने भन्दै महासचिवले आफ्नो पदको दूरुपयोग गरेर बालुवाटारको जग्गा नकिनेको बताउनुभएको हो । बालुवाटारस्थित ललिता निवाससँग जोडिएको आठ आना सरकारी जग्गा नेकपा महासचिव पौडेलका छोरा नवीनको नाममा रहेकोले महासचिव पौडेल आलोचित हुँदै आउनुभएको छ ।

प्रधानमन्त्री ओलीले महासचिवमाथिको लाञ्छना पार्टी र सरकार विरुद्धकै आक्रमणको रुपमा अघि सारिएको तर्क गर्नुभयो । प्रधानमन्त्री ओलीले सार्वजनिक जग्गा मिच्न नदिने र सरकारको नाममा फिर्ता गर्ने स्पष्ट पार्नुभयो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement