0Shares

आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको विरोधमा राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुले आज देशभरका सामूदायिक विद्यालयहरुको पठनपाठन बन्द गर्ने भएका छन् ।

राहत तथा बाल विकासमा कार्यरत शिक्षकहरुले आफूहरुलाई स्वतः स्थायी हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्दै सोमबार काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । काठमाडौंको माईतीघर मण्डलाबाट नयाँ बानेश्वर पुगेका प्रदर्शनकारीहरुले नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न लागेपछि प्रहरीले पानीको फोहोरा र अश्रृग्यास प्रहार गरेको हो ।

गत असोज २२ गते आफूहरुको सबै माग पूरा गर्ने सम्झौता सरकारले अझै कार्यान्वयनमा नल्याएपछि आफूहरु आन्दोलन गर्न बाध्य हुनु परेको नेपाल राहत शिक्षक संघ, केन्द्रीय कार्य समितिका अध्यक्ष खेमराज अधिकारीले जानकारी दिनुभयो । उहाँले संघीय शिक्षक ऐनमा आफूहरुलाई स्वतः स्थायी हुने व्यवस्था नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिनुभयो ।

राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुले आफूहरुलाई स्वतहः स्थायी बनाउनुपर्ने माग गर्दै सरकारलाई दवाव दिँदै आएका छन । नेपालमा हाल ४० हजार भन्दा बढि राहत तथा ३६ हजार भन्दा बढि बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरु रहेका छन । स्वतहः स्थायी गर्ने कानुनी व्यवस्था गर्न उनीहरुले सरकारलाई दवाव दिईरहेका हुन ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement