0Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले तत्काल मन्त्रिपरिषद्बाट मन्त्रीहरूलाई बाहिर निकाल्ने कुरा नभएको बताएका छन।

सोमबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले मन्त्री हेरफेर गर्ने अधिकार प्रधानमन्त्रीको भए पनि यस विषयमा प्रधानमन्त्री र आफूबीच कुनै कुरा नभएको बताउनुभयो । अध्यक्ष दाहालले मन्त्रीहरूको मूल्यांकन प्रधानमन्त्री ओलीले गरिरहेको भन्ने जानकारी दिनुभयो। उहाले भन्नुभयो अहिले मिडियामा जति आएको छ त्योअनुसार मन्त्रिमण्डलमा हेरफेर गर्ने कुरा नभएको जानकारी दिनुभयो । पत्रकारसँगको कुराकानीमा पार्टी एकताको काम अन्तिम चरणमा पुगेको दाहालको भनाइ थियो  । उहाँले प्रदेश कमिटीको विषय टुंगोमा लागिसकेकाले अबको केही दिनमा सार्वजनिक गरिने बताउनु भयो। यो बीचमा मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन र पूर्वमन्त्री भरतमोहन अधिकारीको निधनले पार्टी एकताको टुंगो लाग्न ढिलाई भएको दाहालको भनाइ थियो।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement