0Shares

भरतपुर । भरतपुर महानगरपालिकाका कार्यवाहक नगर प्रमुख चित्रसेन अधिकारीले हिन्दु धर्मको संरक्षणमा महानगरपालिका सदैव प्रतिबद्ध रहने बताउनुभएको छ। उहाँले नगर प्रमुखको जिम्मेवारी सम्हालेपछि नगरवासीको विश्वासअनुसार जिम्मेवारी पूरा गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो।

भरतपुर महानगरपालिका वडा नम्बर ११, वसेनी लामा टोलमा आयोजना भइरहेको सप्ताह ज्ञान महायज्ञको दोस्रो दिन प्रमुख अतिथिका रूपमा बोल्दै कार्यवाहक नगर प्रमुख अधिकारीले सो कुरा बताउनुभएको हो। कार्यक्रममा उहाँले किरातेश्वर शिवको महिमा उल्लेख गर्दै धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक मूल्यहरूको संरक्षण आवश्यक रहेको धारणा राख्नुभयो।

उहाँले यस्ता धार्मिक कार्यक्रमहरूले समाजमा नैतिकता, सद्भाव र एकताको भावना विकास गर्न सहयोग पुग्ने बताउँदै महानगरपालिकाले आगामी दिनमा पनि धार्मिक तथा सांस्कृतिक गतिविधिहरूलाई सम्मान र संरक्षण गर्ने स्पष्ट पार्नुभयो।

सप्ताह ज्ञान महायज्ञमा स्थानीयवासी, भक्तजन तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको छ। भरतपुर महानगरपालिका–११, बसेनी लामाटोलस्थित ऐतिहासिक किरातेश्वर शिव मन्दिरको संरक्षण, सम्वद्र्धन तथा धार्मिक–सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले संगीतमय श्रीमद्भागवत सप्ताह, शिव महिमा ज्ञानमहायज्ञ तथा भव्य श्रृंगारिक महाआरती माघ २५ गतेबाट सुरु भएको हो ।

 

कार्यक्रमको मुख्य उद्देश्य किरातेश्वर शिव मन्दिरको भौतिक पूर्वाधार विकास, पुजारी भवन निर्माण, हवनकुण्ड निर्माण, अक्षयकोष स्थापना तथा १०८ शिवलि∙ स्थापना रहेको यसका साथै मन्दिर क्षेत्रलाई आन्तरिक तथा धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको मन्दिर संरक्षण समितिका अध्यक्ष विष्णु प्रसाद विडारीले बताउनु भयो ।

 

महायज्ञमा सुप्रसिद्ध कथावाचक सम्राट गुरु पंण्डीत भीमकान्त भागवतले श्रीमद्भागवत कथा वाचन गर्नुहुने भएको छ । महायज्ञ सत्संकल्पकर्ता तथा श्रृंगारिक महाआरती प्रमुखका रूपमा गुरु पंण्डीत पुरुषोत्तम भट्टराईको नेतृत्व रहेको आयोजक समितिका सचिव शोभा पोख्रेलले बताउनु भयो । महायज्ञ अवधिभर राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरूको सहभागितामा भजन–कीर्तन, देवलिला झाँकी, चेतनामूलक नाटक तथा सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने तिवारीको भनाई छ । फाल्गुन ३ गते महाशिवरात्रिको अवसरमा लाखबत्ती प्रज्वलन र विशेष महाआरती गरिने कार्यक्रम रहेको छ।


आयोजक समितिका आर्थिक उप समितिका संयोजक मोहनिधी तिवारीले धर्मप्रेमी संघ–संस्था, टोल सुधार समिति, आमा समूह, स्थानीयवासी तथा भक्तजनहरूलाई परिवारसहित उपस्थित भई तन, मन, धन र वचनबाट सहयोग गर्न अनुरोध गुर्नभएको छ। दानदाताहरूलाई सम्मानपत्र, रामनामी, शिलालेखमा नाम अंकित तथा पञ्चेबाजा सहित सम्मान गरिने व्यवस्था रहेको संयोज तिवारीले बताउनु भयो ।

महायज्ञले धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै स्थानीय पर्यटन, संस्कृतिको संरक्षण र सामाजिक एकतामा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकको रहेको छ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement