काठमाडौं, जेठ २५-
भारत महिलाको हत्या आरोपमा नेपाली पुरुष प्रकाउ परेका छन् । भारतको हैदरावादमा लिभिङ टुगेदरमा बसेकी एक महिलाको हत्या गरेको आरोपमा नेपाली पुरूष पक्राउ परेका हुन्।
प्रहरीले ३३ वर्षीया तारा बोहराको हत्या गरेको आरोपमा विल्सन नामक विजय टोप्पा पक्राउ परेका हुन्। जुन ४ मा हैदरावादको बचुपल्लीस्थित आवासीय क्षेत्रमा एउटा झोलामा ताराको शव फेला परेको भारतीय अनलाइन पत्रिका इन्डिया टुडेले जनाएको छ। तारा र प्रकाउ परेका विजय लिभिङ टुगेदरमा रूपमा बस्दै आएका थिए ।
प्रहरीको अनुसन्धानले विजय र ताराको चिनजान फेसबुकमार्फत भएको थियो। पछि उनीहरू लिभिङ टुगेदरको रूपमा बस्न थालेका थिए। तारा विवाहित थिइन्। दुई बच्चाकी आमा भएकी उनी अप्रिल १५मा विजयसँग बोराम्पेटमा एक घर भाडामा लिएर बस्दै आएका थिइन्।
मे २३ मा उनीहरू दुई जनाबीच झगडा भएको प्रहरीले जनाएको छ। तारा गर्भवती भएको विषयलाई लिएर सुरू भएको झगडा हत्यासम्म पुगेको इन्डिया टुडेले समाचारमा लेखेको छ। विजयले तारालाई नाइलनको धागोले घाँटी कसेर हत्या गरेको आरोप छ।
त्यसपछि शव ब्यागमा राखेर बचुपल्लीस्थित आवासीय क्षेत्रमा लगेर फ्याँकेका थिए।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















