नेपाली सेनाको घोडा प्रजनन केन्द्र सारेर भरतपुर विमानस्थल विस्तार गरिँदै
0Shares
भरतपुरस्थित नेपाली सेनाको घोडा प्रजनन केन्द्र स्थानान्तरण गरेर भरतपुर विमानस्थल विस्तार गर्ने तयारी अघि बढाइएको छ । लामो समयको गृहकार्यपछि उपयुक्त विकल्पको रूपमा केन्द्र स्थानान्तरण गर्न लागिएको हो विमानस्थलको धावन मार्ग छोटो हुँदा साना जहाज मात्रै दिउँसोमा सञ्चालन हुँदै आएका छन् । केही वर्षभित्रमै साना जहाज पुराना भएसँगै यहाँ सञ्चालन हुने जहाज नपाउने र अहिलेको उडान जोखिम भएपछि विमानस्थल विस्तार गर्न लागिएको हो । सरोकारवाला निकायका सबै सकारात्मक देखिएसँगै विस्तारको काम अघि बढ्ने भएको हो ।
भरतपुर महानगरपालिकाले विस्तारको पहल गर्दै आएको छ ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले घोडा प्रजनन केन्द्र स्थानान्तरण गरेर धावनमार्ग विस्तार गर्ने सहमति भइसकेको जानकारी दिइन् । मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव ल्याउन प्रधानमन्त्रीले निर्देशन दिइसकेका जनाइएको छ ।
0Shares
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















