प्रभात दिदी बहिनीद्धारा सामुदायीक विद्यालयमा सहयोग
प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामुदायीक विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।
सहकारीको २८ औ स्थापना दिवसको अवसरमा हिमालय आधारभूत माध्यामिक विद्यालय भरतपुर १२ लाई एक थान क्युटरको सिपीयु सहयोग गरेको हो ।
कार्यक्रममा नेफ्स्कुन उपाध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिर्थी शान्ति अधिकारीले बालबालिकालाई प्रविधिसंग जोड्नको लागि प्रविधि सहयोग गर्नु निकै नै राम्रो भएको बताउनु भयो । अहिले प्रविधिको युग भएको भन्दै उहाँले अहिले बालबालिकामा गरिएको लगानी बिस वर्षपछी पाउने भन्दै अहिले सामाजिक उक्तरदायीत्व अन्र्तगत विद्याललाई प्रविधि सहयोग गर्नु राम्रो भएको उहाँको भनाई थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगनाथ भण्डारीले सहकारीले सामुदायीक विद्यालयमा सहयोग गर्नु भनेको बालबालिकालाई सहकारीप्रति जानकारी दिनु रहेको बताउनु भयो । यस्तो सहयोगले बालबालिकालाई आधुनिक प्रविधिहरुसंग नजिक रहन र सहकारीको बारेमा बुझन सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रममा विद्यालयका प्रधानध्यापक डिल्लीराम तिवारीले संस्थालाई धन्यावद दिदै संस्थाको सहयोगले विद्यालयलाई धेरै सहयोग पुगेको बताउनु भयो । कार्यक्रममा सहकारीका अध्यक्ष साधना प्रोखेलको अध्यक्षता रहेको थियो ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















