आफ्नै पेटमा खुकरी प्रहार गरेका हेटौँडाका संजिवको चितवनमा उपचार हुँदै
0Shares
हेटौँडा, पुस १५-
मकवानपुरको बकैया गाउँपालिकामा एक युवकले आफ्नै पेटमा खुकरी प्रहार गरेका छन् । बकैया ९ भुर्तेलडाँडा बस्ने अन्दाजी २२ वर्षीय संजिव थिङले आफ्नै पेटमा खुकरी प्रहार गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरकाले आफ्नै घर भित्र आफ्नै पेटमा खुकुरी प्रहार गरेका संजिवको गम्भीर अवस्थामा उद्धार गरिएको जानकारी दिए । प्रहरीका अनुासर गम्भीर घाइते संजिवलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएपनि थप उपचारको लागि चितवनको पुरानो मेडिकल कलेज रिफर गरिएको छ ।
तर, खुकुरी प्रहार गर्नुको कारण हालसम्म नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
0Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















