0Shares

ललितपुरको ग्वार्कोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ।

आन्दोलित इपिएस परीक्षार्थीहरूहरूले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेपछि स्थिति तनावग्रस्त बनेको हो। घटनास्थलबाट १७ जनालाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले बताए।

उनकाअनुसार प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए।प्रहरीले हवाइफायर र अश्रुग्यास प्रहार गरेको हो।

अहिले ग्वार्को-बालकुमारी क्षेत्रमा प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरिरहेको छ।

मन्त्री ज्वालाले प्रयोग गर्ने बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी भएको थियो।

मन्त्रीको गाडीमा तोडफोडसँगै सार्वजनिक बसमा पनि प्रदर्शनकारीले तोडफोड गरेका छन्।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement